गोपनीयता सूचना |
|||||||||||||||||||||||||||
BibleProject |
|||||||||||||||||||||||||||
अद्यावधिक गरिएको मिति: अगस्त 2019 |
|||||||||||||||||||||||||||
परिचय |
|||||||||||||||||||||||||||
BibleProject ले तपाईंको गोपनीयतालाई सम्मान गर्दछ र यो तपाईंको संवेदनशील जानकारीको सुरक्षा गर्न प्रतिबद्ध छ । यो गोपनीयता सूचना ("गोपनीयता सूचना") तपाईं र BibleProject तथा यसका सम्बद्ध कम्पनीहरू, कर्पोरेट अभिभावक (हरू) र सहायक कम्पनीहरू बीचको सम्झौता हो (सामूहिक रूपमा "BibleProject", "हामी","हाम्रो,"वा"हाम्रा") र यो thebibleproject.com, सामाजिक सञ्जाल च्यानल, एप्लिकेसन वा सेवाहरू लगायतका हाम्रा वेबसाइटहरू (सामूहिक रूपमा "वेबसाइट") मा पहुँच बनाउँदा र तिनीहरूलाई प्रयोग गर्दा लागू हुन्छ र यसलाई BibleProject का प्रयोगका शर्तहरूद्वारा नियमन गरिन्छ र यो उक्त शर्तहरूका भाग हुन्छ । |
|||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी |
|||||||||||||||||||||||||||
यस गोपनीयता सूचनामा प्रयोग गरिए अनुसार, "व्यक्तिगत जानकारी" भनेको व्यक्तिलाई स्पष्ट रूपमा पहिचान गर्ने जानकारी (जस्तैः नाम, ठेगाना, टेलिफोन नम्बर, ईमेल ठेगाना, प्रयोगकर्ता नाम वा क्रेडिट कार्ड नम्बर) वा व्यक्तिगत पहिचानयोग्य जानकारीसँग प्रत्यक्ष रूपमा जोडिएको सो व्यक्ति बारेको जानकारी हुन्छ । व्यक्तिगत जानकारीमा निम्न जानकारी समावेश हुँदैनन्: (a) समग्र जानकारी, अर्थात् हामीले वेबसाइटको तपाईंको प्रयोगका बारेमा सङ्कलन गर्ने डेटा वा सेवा वा प्रयोगकर्ताहरूको समूह वा वर्गीकरणका बारेमा डेटा, जसबाट व्यक्तिगत परिचय खुलाउने जानकारी वा अन्य व्यक्तिगत जानकारीलाई हटाइएको छ वा (b) व्यक्तिलाई सजिलैसँग जोड्न नसक्ने पहिचान मेटाइएको जानकारी । |
|||||||||||||||||||||||||||
यस गोपनीयता सूचनाले तपाईंको व्यक्तिगत जानकारीको सङ्कलन, प्रयोग, रखरखाव, सुरक्षा र खुलासाका लागि हाम्रा अभ्यासहरूका साथसाथै टेलिफोनमार्फत, पत्राचारद्वारा वा व्यक्तिगत रूपमा हाम्रो भाैतिक स्थानहरूमा BibleProject सँगको तपाईंका अन्तर्क्रियाहरूका बारेमा वर्णन गर्दछ। |
|||||||||||||||||||||||||||
कृपया तपाईंको जानकारीको सम्बन्धमा हाम्रा नीति तथा अभ्यासहरू र हामी त्यसलाई कसरी चलाउँछौं भन्ने बारेमा बुझ्न यो सूचनालाई ध्यानपूर्वक पढ्नुहोस् । |
|||||||||||||||||||||||||||
सहमति |
|||||||||||||||||||||||||||
वेबसाइटमा पहुँच बनाएर, वेबसाइटमा प्रयोगकर्ता प्रोफाइल तयार गरेर, हाम्रो स्टुडियोको भ्रमण गरेर वा BibleProject मा व्यक्तिगत जानकारी बुझाएर तपाईं यस गोपनीयता सूचना र तपाईंको व्यक्तिगत जानकारीको सङ्कलन तथा प्रयोगमा तल वर्णन गरिएको अनुसार सहमत हुनुहुन्छ । हामी तपाईंलाई सूचित गर्नका लागि कदमहरू चाल्नेछौं र हामी तपाईंबाट व्यक्तिगत जानकारी सङ्कलन गर्ने क्रममा विभिन्न चरणहरूमा तपाईं सहमत हुनुहुन्छ भनेर सुनिश्चित गर्नेछौं । यदि तपाईं हाम्रा नीति तथा अभ्यासहरूसँग सहमत हुनुहुन्न भने तपाईं यो वेबसाइटका निश्चित भागहरूमा पहुँच बनाउन वा तिनीहरूबाट लाभ लिन सक्नुहुन्न । |
|||||||||||||||||||||||||||
क्षेत्र |
|||||||||||||||||||||||||||
कृपया यो कुरा बुझ्नुहाेस् कि यो गोपनीयता सूचना निम्न अवस्थाहरूमा हामीले सङ्कलन गरेको जानकारीमा लागू हुन्छः |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
यो सूचना कुनै पनि मोबाइल एप्लिकेशनहरू, सामग्री वा BibleProject द्वारा सञ्चालन नगरिने वेबसाइटहरू लगायत अन्य कुनै पनि तरिकामा तपाईंका बारेमा सङ्कलन गरिएको जानकारीमा लागू हुँदैन । |
|||||||||||||||||||||||||||
कानूनी आधार |
|||||||||||||||||||||||||||
हामीले निम्न अवस्थाहरूमा मात्र तपाईंको व्यक्तिगत जानकारी सङ्कलन गर्दछौं: (a) तपाईंको सहमतिसहित लागू हुँदाको अवस्थामा वा (b) त्यसो गर्नका लागि हाम्रो वैधानिक हित भएमा । यदि हामीले तपाईंको सहमतिको आधारमा तपाईंको व्यक्तिगत जानकारी सङ्कलन वा प्रयोग गर्छौं भने हामीले तपाईंलाई सबै परिवर्तनहरूका बारेमा सूचना दिनेछौं र आवश्यकता अनुसार तपाईंको थप सहमतिका लागि अनुरोध गर्नेछौं । |
|||||||||||||||||||||||||||
बालबालिकाहरूको गोपनीयता |
|||||||||||||||||||||||||||
BibleProject ले बालबालिकाहरूको व्यक्तिगत जानकारीको सन्दर्भमा थप गोपनीयता सुरक्षा उपलब्ध गराउने आवश्यकतालाई बुझेको छ । हामीले बच्चाको अभिभावक वा संरक्षककाे स्वीकृतिबिना 16 वर्षभन्दा कम उमेरका बालबालिकाहरूबाट जानीजानी कुनै पनि व्यक्तिगत जानकारी सङ्कलन गर्दैनौं । यदि 16 वर्षभन्दा कम उमेरको बच्चाले वेबसाइटमा दर्ता गर्न चाहन्छन् भने हामीले बच्चाको दर्तालाई सक्रिय गराउनुअघि BibleProject ले बच्चाको अभिभावक वा संरक्षकलाई हाम्रो ईमेल प्रमाणीकरणमा प्रक्रियामार्फत दर्ताका लागि सहमति उपलब्ध गराउन आवश्यक गराउँछ । यदि BibleProject ले बच्चाको दर्ता अनुरोधको 24 घण्टाभित्र अभिभावक वा संरक्षकको सहमति प्राप्त गर्दैन भने हामी बच्चाले आफ्नो दर्ता अनुरोधको हिस्साको रूपमा उपलब्ध गराएको हुन सक्ने कुनै पनि व्यक्तिगत जानकारीलाई मेटाउनेछौं । यदि तपाईं 16 वर्षभन्दा कम उमेरको हुनुहुन्छ र तपाईंको अभिभावक वा संरक्षकले हाम्रो वेबसाइटमा दर्ता र स्वीकृति प्रक्रिया पूरा गर्नुभएको छैन भने BibleProject ले तपाईंलाई यस वेबसाइटलाई प्रयोग नगर्न, वेबसाइटमार्फत खरीद वा दान नगर्न, वेबसाइटको अन्तरक्रियात्मक वा सार्वजनिक टिप्पणी सुविधाहरू प्रयोग नगर्न वा BibleProject मा कुनै पनि व्यक्तिगत जानकारी उपलब्ध नगराउन निर्देशन दिन्छ । |
|||||||||||||||||||||||||||
BibleProject 501(c)(3) गैरनाफामुखी कर्पोरेसन हो र त्यसैले यसलाई चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट (बालबालिकासम्बन्धी अनलाइन गोपनीयता सुरक्षा ऐन) बाट छुट प्राप्त छ । जेजस्तो भएपनि, BibleProject ले हाम्रो सामग्रीलाई जानकारीमूलक पाउन सक्ने बालबालिकाहरूको गोपनीयतालाई महत्त्व दिन्छ । यस गोपनीयता सूचनाका सबै प्रावधानहरू बालबालिकाहरू लगायत साइटका सबै प्रयोगकर्ताहरूमा लागू हुन्छन् । कम उमेरका आगन्तुकहरूले कुनैपनि वेबसाइट वा मोबाइल एप्लिकेसनमा जानकारी साझा गर्नुअघि जहिले पनि आफ्ना अभिभावक वा संरक्षकहरूसँग जाँच्ने-बुझ्ने गर्नुपर्छ र हामी परिवारहरूलाई व्यक्तिगत जानकारी अनलाइनमा साझा गर्ने सम्बन्धमा घरमा आफ्ना दिशानिर्देश बनाउने बारेमा छलफल गर्न प्रोत्साहित गर्दछौं । |
|||||||||||||||||||||||||||
यदि तपाईंलाई BibleProject सँग अभिभावक वा संरक्षककाे स्वीकृतिबिना 16 वर्षभन्दा उमेरको बच्चाका बारेमा जानकारी छ वा बच्चाबाट जानकारी प्राप्त गरेको हुन सक्छ भन्ने लागेमा वा तपाईं BibleProject सँग भएकाे आफ्नो बच्चा बारेको व्यक्तिगत जानकारी समीक्षा गर्न वा मेटाउन अनुरोध गर्न चाहनुहुन्छ भने कृपया हामीलाई webmaster@jointhebibleproject.com मा वा टोल-फ्रि नम्बर (855) 700-9109 मा सम्पर्क गर्नुहोस् । |
|||||||||||||||||||||||||||
हामी तपाईंको व्यक्तिगत जानकारी कसरी सङ्कलन र प्रयोग गर्छौं |
|||||||||||||||||||||||||||
तपाईं हाम्रो वेबसाइट वा स्टुडियोमा आउनु हुँदा हामीले तपाईंबाट निश्चित व्यक्तिगत जानकारी सङ्कलन गर्दछौं । हामी निम्न तरिकाहरूमा जानकारी सङ्कलन गर्छाैं: |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
कृपया ध्यान दिनुहोस् कि हाम्रो वेबसाइटका केही अफर, सेवा तथा भागहरूमा तपाईं हामीसँग दर्ता गर्नुभयो भने मात्र तपाईंले पहुँच बनाउन सक्नुहुनेछ । हाम्रा सेवाहरू प्राप्त गर्नका लागि तपाईंले उपलब्ध गराउन आवश्यक पर्ने न्यूनतम जानकारीलाई सीमित पार्न तपाईंलाई स्वागत छ र तपाईंका बारेमा हामीसँग भएको जानकारी सम्पादन गर्न तपाईंले BibleProject लाई कुनै पनि समयमा सम्पर्क गर्न सक्नुहुन्छ । यद्यपि, कृपया ध्यान दिनुहोस् कि यदि तपाईंले हामीलाई आफ्नो व्यक्तिगत जानकारी दिन अस्वीकार गर्नुभयो वा पछि आफ्नो सहमति फिर्ता लिनुभयो भने हामी सम्भवतः तपाईंसँग सञ्चार गर्न वा हाम्रा सेवाहरू उपलब्ध गराउन सक्षम हुनेछैनौं । |
|||||||||||||||||||||||||||
तपाईंले हामीलाई उपलब्ध गराउनुहुने जानकारी |
|||||||||||||||||||||||||||
तपाईं व्यक्तिगत रूपमा स्वयं हाम्रो स्टुडियोको भ्रमण गर्नु हुँदा वा वेबसाइटमा हामीसँग अन्तर्क्रिया गर्नु हुँदा हामी तपाईंको सहमतिको साथ सिधै तपाईंबाट व्यक्तिगत जानकारी सङ्कलन गर्दछौं । तपाईंले हामीलाई उपलब्ध गराउनुहुने व्यक्तिगत जानकारीमा निम्न पर्न सक्नेछन्: |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
स्वचालित डेटा सङ्कलन प्रविधिहरूकाे माध्यमबाट हामीले सङ्कलन गर्ने जानकारी |
|||||||||||||||||||||||||||
तपाईंले हाम्रो वेबसाइट चलाउँदै गर्दा र त्यसमा अन्तर्क्रिया गर्दा हामीले तपाईंको उपकरण, ब्राउजिङ कार्य तथा स्वरूपहरूका बारेमा निश्चित जानकारी सङ्कलन गर्न वेबसाइट एनालिटिकहरू जस्ता स्वचालित डेटा सङ्कलन प्रविधिहरू प्रयोग गर्न सक्नेछाैं । हामी वेबसाइटलाई चालू राख्दै सुधार गर्ने र हाम्रो बाह्य पहुँच तथा मार्केटिङ प्रयासहरूलाई मापन गर्ने हाम्रा वैधानिक हितहरू पूरा गर्नका लागि यो जानकारी सङ्कलन गर्दछौं । हामीले स्वचालित डेटा सङ्कलन प्रविधिहरूमार्फत सङ्कलन गर्ने जानकारीमा निम्न पर्दछन्ः |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
हामीले स्वत: सङ्कलन गर्ने जानकारीमा व्यक्तिगत जानकारी पर्न सक्नेछ वा हामीले जानकारीलाई कायम राख्न सक्छाैं वा यसलाई व्यक्तिगत जानकारीका साथ जोड्न सक्छाैं जुन हामीले अन्य तरिकाहरूमा सङ्कलन वा तेस्रो पक्षहरूबाट प्राप्त गरेको हुन्छ । यो जानकारी साइटमा आउने आगन्तुकहरू र ट्राफिकको समग्र जानकारीमा मिलान पनि गर्न सकिनेछ । यदि तपाईं यस अनुच्छेदमा वर्णन गरिए अनुसार BibleProject ले तपाईंको बेनामी र प्राविधिक जानकारी सङ्कलन तथा प्रयोग नगरोस् भन्ने चाहनुहुन्छ भने तुरुन्त वेबसाइट प्रयोग गर्न रोक्नुहोस् वा तल "आफ्नो व्यक्तिगत जानकारी नियन्त्रण गर्ने" अन्तर्गत वर्णन गरिए अनुसार हामीलाई सम्पर्क गर्नुहोस् । |
|||||||||||||||||||||||||||
हामीले अन्य वेबसाइटहरूबाट सङ्कलन गर्ने जानकारी |
|||||||||||||||||||||||||||
BibleProject ले हाम्रा सामाजिक मिडिया विज्ञापन तथा पोष्टहरूको प्रभावकारिता मापन गर्ने हाम्रो वैधानिक हित पूरा गर्नका लागि सोसल नेटवर्किङ साइटहरू (उदाहरणका लागि: फेसबुक, युट्युब वा ट्विटर) बाट हाम्रो वेबसाइटमा आएका प्रयोगकर्ताहरूको सङ्ख्यालाई ट्र्याक गर्दछ । यदि तपाईं कुनै सोसल नेटवर्किङ साइटबाट हाम्रो वेबसाइट पहुँच बनाउनुभएको हो वा यदि तपाईं अन्य तरिकामा आफ्नो एकाउन्टलाई सोसल नेटवर्किङ साइटबाट हामीसँग जोडिनमा सहमत हुनुहुन्छ भने हामी त्यस्ता सोसल नेटवर्किङ साइटबाट पनि तपाईं बारेको व्यक्तिगत जानकारी प्राप्त गर्न सक्छाैं । कृपया ध्यान दिनुहोस् कि हामीले तपाईंको व्यक्तिगत जानकारी प्राप्त गर्न सक्ने सामाजिक सञ्जाल साइटहरू BP द्वारा नियन्त्रण वा सुपरिवेक्षण गरिएका हुँदैनन् । सामाजिक सञ्जाल साइटले तपाईंको व्यक्तिगत जानकारीलाई कसरी सङ्कलन वा प्रशोधन गर्छ भन्ने बारेको कुनै पनि प्रश्नहरू सो सामाजिक सञ्जाल साइट प्रदायकलाई सोधिनुपर्छ तिर निर्देशित गरिनुपर्छ। हामीले यस जानकारीलाई तपाईंबाट सिधै सङ्कलन गरेको जानकारीसँगै राख्न सक्छाैं । |
|||||||||||||||||||||||||||
हामी तपाईंको जानकारी प्रयोग गर्न सक्ने अन्य तरिकाहरू |
|||||||||||||||||||||||||||
हामीले तपाईंबाट वा तपाईंका बारेमा सङ्कलन गरेका व्यक्तिगत जानकारीलाई निम्न कार्यहरूका लागि पनि प्रयोग गर्न सक्छौं: |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
BibleProject ले तपाईंको रुचि हुन सक्ने विज्ञापन वा अफरहरू पहिचान गर्नमा मद्दत गर्नका लागि वेबसाइटमा तपाईंको व्यक्तिगत जानकारी वा तपाईंका क्रियाकलापहरू (उदाहरणका लागि: स्ट्रिमसम्बन्धी जानकारी, ब्राउजरको प्रकार, समय तथा मिति, क्लिक वा स्क्रोल गरिएको विषय) सङ्कलन र विश्लेषण गर्न कुकी वा तेस्रो पक्षको बेकन प्रयोग गर्न सक्छ । यदि तपाईं BibleProject ले तपाईंलाई तपाईं अनुरूपको सामग्री तथा विज्ञापन उपलब्ध गराउनका लागि तपाईंको अनलाइन व्यवहारको आधारमा जानकारीलाई प्रयोग नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं सञ्चारहरूबाट बाहिरिनेमा भएका निर्देशनहरू पालना गरेर बाहिरिन सक्नुहुनेछ । |
|||||||||||||||||||||||||||
हामीले सेवाहरूमार्फत तपाईंका बारेमा सङ्कलन गरेका जानकारीलाई हामीले तेस्रो-पक्ष स्रोतहरूबाट प्राप्त तपाईंका बारेमा प्राप्त गरेका अन्य जानकारीसँग संयोजन गर्न सक्नेछौं । उदाहरणको हिसाबले र सीमामा नबाँधिइकन, हामी तपाईंको एकाउन्टन्टको सम्बन्धमा हाम्रा रेकर्डहरू सही छन् भनेर सुनिश्चित गर्नका लागि ठेगाना परिवर्तन वा अन्य सूचीकृत सेवा प्रयोग गर्न सक्छाैं । |
|||||||||||||||||||||||||||
तपाईंको जानकारीको खुलासा |
|||||||||||||||||||||||||||
BibleProject ले कुनै पनि तेस्रो पक्षहरूलाई तपाईंको व्यक्तिगत जानकारी बिक्री गर्ने छैन । हामीले यस गोपनीयता सूचनामा वर्णन गरिए अनुसार सङ्कलन गरिएका वा तपाईंले उपलब्ध गराउनुभएको व्यक्तिगत जानकारीलाई निम्नलाई खुलासा गर्न सक्छाैं: |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
हामी निम्न अवस्थाहरूमा पनि तपाईंको व्यक्तिगत जानकारी खुलासा गर्न सक्छाैं: |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
समग्र जानकारी |
|||||||||||||||||||||||||||
हामीले कुनै बन्देजबिना समग्र वा नाम मेटाइएको जानकारी साझा गर्न सक्छौं । हामीले साझा गर्ने जानकारीले तपाईंको व्यक्तिगत रूपमा पहिचान खुलाउने छैन । यद्यपि, तपाईंका बारेमा व्यक्तिगत रूपमा पहिचान खुलाउन मिल्ने गरी तेस्रो पक्षहरूले यो समग्र जानकारीलाई तपाईंका बारेमा तिनीहरूसँग भएका वा तिनीहरूले अन्य पक्षहरूबाट प्राप्त गरेका अन्य डेटासँग संयोजन गर्न सक्ने सम्भावना भने रहन्छ । |
|||||||||||||||||||||||||||
तपाईंको व्यक्तिगत जानकारीलाई नियन्त्रण गर्ने |
|||||||||||||||||||||||||||
यदि तपाईं युरोपियन युनियनको निवासी हुनुहुन्छ भने तपाईंसँग आफ्नो व्यक्तिगत जानकारीको सम्बन्धमा निश्चित थप अधिकारहरू हुन्छ । तपाईंले हामीलाई टोल-फ्रि नम्बर (855) 700-9109 मा फोन गरेर वा webmaster@jointhebibleproject.com मा ईमेल गरेर यी अधिकारहरूलाई प्रयोग गर्न, चिन्ताहरू व्यक्त गर्न वा आफ्नो व्यक्तिगत जानकारीको प्रयोगका बारेमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ । |
|||||||||||||||||||||||||||
पूर्ण अनुरोध प्राप्त भएको 30 दिनभित्र हामी यी अधिकारहरू मध्ये कुनै पनि अधिकार प्रयोग गर्ने तपाईंको अनुरोधलाई पूरा गर्नेछौं । तपाईंसँग उक्त जानकारीमा भएका कुनै पनि त्रुटिहरू सच्च्याउने अधिकार पनि हुन्छ । कृपया याे कुरा ध्यानमा राख्नुहाेस् कि कानूनद्वारा BibleProject लाई तपाईंको अनुरोध पूरा गर्नुअघि तपाईंको पहिचान प्रमाणित गर्न आवश्यक गराइएको छ जसमा तपाईंका बारेमा थप व्यक्तिगत जानकारी सङ्कलन गर्ने पनि पर्न सक्नेछ । |
|||||||||||||||||||||||||||
BibleProject 501 SE 14th Avenue Portland, OR 97214 मा पत्रचारद्वारा |
|||||||||||||||||||||||||||
क्यालिफोर्नियाका गोपनीयता अधिकारहरू |
|||||||||||||||||||||||||||
BibleProject नाफा वा यसका शेयरधारकहरूको वित्तीय लाभका लागि सञ्चालित नगरिने भएकोले हामीलाई California Consumer Privacy Act (क्यालिफोर्निया उपभोक्ता गोपनीयता ऐन) ("CCPA"; Ca. Civil Code का दफाहरू 1798.100 - 1798.199) को अनुपालनबाट छुट पाउछाैं । यद्यपि, सेवा प्रदायक तथा अन्य तेस्रो पक्षहरूसँग हाम्रा केही करारहरूले हामीलाई CCPA लाई अनुपालन गर्न आवश्यक गराउन सक्नेछ । क्यालिफोर्नियाका निवासीहरू रहेका हाम्रो वेबसाइटका प्रयोगकर्ताहरूसँग आफ्नो व्यक्तिगत जानकारीको सम्बन्धमा केही निश्चित अधिकारहरू हुन सक्नेछ, जस्तै कि: (a) हामीले सङ्कलन गरेको तपाईंको व्यक्तिगत जानकारीका वर्गीकरणहरूका बारेमा वर्णन गरेकाे जानकारी र उक्त जानकारी तेस्रो पक्षलाई बिक्री गरिएको थियो कि थिएन भन्ने जानकारी प्राप्त गर्ने; (b) हामीले तपाईंको व्यक्तिगत जानकारी साझा गरेका तेस्रो पक्षहरूका वर्गीकरणको सूची प्राप्त गर्ने; (c) यदि हामीले तपाईंको व्यक्तिगत जानकारी बिक्री गरेमा हामीलाई आफ्नो व्यक्तिगत जानकारी तेस्रो पक्षलाई बिक्री नगर्न भनेर निर्देशन दिने; र (d) तपाईंले आफ्नो गोपनीयता अधिकारलाई प्रयोग गर्नुभएको भएतापनि समान सेवा प्राप्त गर्ने । |
|||||||||||||||||||||||||||
त्यसका साथै, California Civil Code (क्यालिफोर्निया नागरिक संहिता) का दफाहरू 1798.83-1798.84 ले क्यालिफोर्नियाका निवासीहरूलाई हामीले सम्बद्ध कम्पनी र/वा तेस्रो पक्षहरूसँग मार्केटिङ प्रयोजनहरूका लागि साझा गर्ने व्यक्तिगत जानकारीका वर्गीकरणहरू पहिचान गर्ने र त्यस्ता सम्बद्ध कम्पनी र/वा तेस्रो पक्षहरूका लागि सम्पर्क जानकारी उपलब्ध गराउने सूचनाका लागि अनुरोध गर्ने अधिकार प्रदान गर्दछन् । |
|||||||||||||||||||||||||||
यदि तपाईं क्यालिफोर्निया निवासी हुनुहुन्छ र तपाईं यस गोपनीयता सूचनाको प्रतिलिपि अनुरोध गर्न चाहनुहुन्छ वा क्यालिफोर्नियाको कानून अन्तर्गत तपाईंका लागि उपलब्ध अधिकारहरू प्रयोग गर्न चाहनुहुन्छ भने कृपया हामीलाई टोल फ्रि नम्बर (855) 700-9109 मा फोन गर्नुहोस् वा विषयको ठाउँमा ""Request for California Privacy Information" लेखेर हामीलाई webmaster@jointhebibleproject.com मा ईमेल पठाउनुहोस् । |
|||||||||||||||||||||||||||
सञ्चारहरूबाट बाहिरिने |
|||||||||||||||||||||||||||
तपाईं हामीबाट सुन्न चाहनु हुँदा मात्र हामी तपाईंसँग सञ्चार गर्न चाहन्छौं । तपाईंले हाम्रा कुनै पनि ईमेलहरूको अन्तिममा रहेको "unsubscribe" (सदस्यता रद्द गर्नुहोस्) लिङ्कमा क्लिक गरेर BibleProject ले तपाईंलाई पठाउने सञ्चारहरूलाई परिमार्जन वा सीमित गराउन सक्नुहुन्छ । तपाईंले हामीलाई सिधै टोल फ्रि नम्बर (855) 700-9109 मा फोन गरेर वा webmaster@jointhebibleproject.com मा ईमेलद्वारा पनि सम्पर्क गर्न सक्नुहुन्छ । कृपया आफ्नो पूरा नाम, ईमेल ठेगाना, पत्राचार ठेगाना र विशेष रूपमा तपाईं कुन जानकारी प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा समावेश गर्न सुनिश्चित गर्नुहोस् । यदि तपाईंले चाहनुहुने भएमा तपाईंले हामीलाई पठाउनुहुने सन्देशमा निम्न कथनहरू मध्ये एउटा प्रयोग गर्न सक्नुहुनेछ: |
|||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
म प्रत्यक्ष मेल विज्ञापनहरू प्राप्त गर्न रुचाउँदिन, जस्तै कि उत्पादन तथा सेवा, विशेष प्रवर्द्धन वा आगामी घटनाहरूका सम्बन्धमा आवधिक क्याटलग वा पत्राचारहरू । |
|||||||||||||||||||||||||||
ट्रयाक नगर्ने सङ्केतहरू |
|||||||||||||||||||||||||||
ट्रयाक नगर्ने (Do Not Track) भनेको गोपनीयतासम्बन्धी प्राथमिकता हो जुन प्रयोगकर्ताहरूले आफ्नो वेब ब्राउजरहरूमा सेट गर्न sakcha। प्रयोगकर्ताले ट्रयाक नगर्ने टर्न अन गर्दा ब्राउजरले प्रयोगकर्तालाई ट्रयाक नगर्नका लागि अनुरोध गर्दै वेबसाइटहरूलाई सन्देश पठाउँछ । ट्रयाक नगर्ने बारेमा जानकारीका लागि, www.allaboutdnt.org मा जानुहोस् । यस समयमा, thebibleproject.com ले ट्रयाक नगर्ने ब्राउजर सेटिङ्ग वा सङ्केतहरूमा कुनै जवाफ दिँदैन । यसका साथै, हामी हाम्रा वेबसाइटहरूमा आगन्तुकहरूलाई ट्रयाक गर्नका लागि इन्टरनेटका लागि मानक हुने अन्य प्रविधि प्रयोग गर्न सक्छौं । तपाईंले ट्रयाक नगर्ने सङ्केतलाई टर्न अन गरेको भएतापनि तपाईं र तपाईंको इन्टरनेट क्रियाकलाप बारेमा जानकारी सङ्कलन गर्न हामी र तेस्रो पक्षहरूद्वारा ती उपकरणहरू प्रयोग गर्न सकिनेछ । |
|||||||||||||||||||||||||||
अमेरिकी गोपनीयता कानूनहरू |
|||||||||||||||||||||||||||
यो वेबसाइटको स्वामित्व र सञ्चालन संयुक्त राज्य अमेरिकामा छ र हुन्छ । यदि तपाईंले संयुक्त राज्य अमेरिकाभन्दा बाहिरबाट यस वेबसाइटमा पहुँच बनाउनुहुन्छ भने तपाईंका बारेमा हामीले सङ्कलन गर्ने कुनै पनि जानकारी संयुक्त राज्य अमेरिका भित्रका सर्भरहरूमा हस्तान्तरण गरिनेछ । संयुक्त राज्य अमेरिकामा गोपनीयता कानूनहरू तपाईंको क्षेत्राधिकारमा भएकाहरूले जस्तै सुरक्षा प्रदान नगर्ने खालका हुन सक्नेछन् । हामीलाई तपाईं बारेको व्यक्तिगत जानकारी सङ्कलन गर्न अनुमति दिएर तपाईं यस गोपनीयता सूचनामा वर्णन गरिए अनुसार आफ्नो व्यक्तिगत जानकारीको त्यस्तो स्थानान्तरण र प्रशोधनका लागि सहमत हुनुहुन्छ । |
|||||||||||||||||||||||||||
डेटाको सुरक्षा |
|||||||||||||||||||||||||||
हामीले तपाईंको व्यक्तिगत जानकारीलाई आकस्मिक नोक्सानीबाट र अनधिकृत पहुँच, प्रयोग, परिवर्तन र खुलासाबाट सुरक्षित राख्न अनलाइन तथा अफलाइन दुवै तरिकामा व्यावसायिक रूपमा मनासिब उपायहरू कार्यान्वयन गरेका छौं । हामी तपाईंको गैर-सार्वजनिक व्यक्तिगत जानकारीको सुरक्षाका लागि भौतिक, विद्युतीय तथा प्रक्रियागत सुरक्षा उपायहरू कायम राख्छौं । यी सुरक्षा उपायहरूमा तपाईंको व्यक्तिगत जानकारीदेखि सम्पर्क जानकारीको संस्थानिक भण्डारणलाई सीमित पार्ने र उक्त डेटालाई उद्योगका मानक इन्क्रिपसनद्वारा सुरक्षित गर्ने पर्दछन् । भुक्तानी तथा वित्तीय जानकारीलाई भुक्तानी कार्ड उद्योग डेटा सुरक्षा मानक अनुरूपको होस्टिङ प्रदायकमा होस्ट गरिएको छ । हामीले अन्य सबै व्यक्तिगत जानकारीलाई सेवा प्रदायकमा प्रसारण गर्दछौं र उक्त सेवा प्रदायकले भण्डारण तथा रखरखावका लागि सुरक्षित टोकनमार्फत अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरूलाई पूरा गर्नुपर्दछ । तपाईं बारेको हाम्रो जानकारीको सुरक्षालाई सुधार गर्न र उक्त जानकारीको सत्यनिष्ठालाई सुनिश्चित गर्न हामी हाम्रो प्रविधिकलाई अद्यावधिक गर्छौं र त्यसको परीक्षण गर्छौं । |
|||||||||||||||||||||||||||
तपाईंको जानकारीको सुरक्षा र बचाव तपाईंमा पनि निर्भर रहन्छ । हाम्रो वेबसाइटको निश्चित भागहरूमा पहुँच बनाउनका लागि हामीले तपाईंलाई पासवर्ड दिएको (वा तपाईंले पासवर्ड छान्नुभएको) अवस्थामा यस पासवर्डलाई गोप्य राख्नका लागि तपाईं जिम्मेवार हुनुहुन्छ । हामी तपाईंलाई आफ्नो पासवर्ड कसैसँग पनि साझा नगर्न अनुरोध गर्छौं । तपाईंले हेरिसक्नु भएपछि आफ्नो एकाउन्टबाट लगअफ गरेर आफ्नो ब्राउजर विन्डोलाई बन्द गर्न याद राख्नुहोस् । विशेष गरी तपाईंले अरू कसैसँग कम्प्युटरलाई साझा गर्दै हुनुहुन्छ वा सार्वजनिक ठाउँको कम्प्युटर प्रयोग गर्दै हुनुहुन्छ भने यो अरूहरूले तपाईको एकाउन्टमा पहुँच बनाउन नसकून् भनेर सुनिश्चित गर्नका लागि हाे । सबै इन्टरनेट प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत जानकारीलाई कसरी व्यवस्थापन र खुलासा गर्छन् भनेर ख्याल राख्नुपर्दछ । प्रयोगकर्ता सिर्जित सामग्री र तपाईंले सार्वजनिक क्षेत्रहरूमा साझा गर्ने अन्य जानकारीलाई सो वेबसाइटको कुनै पनि प्रयोगकर्ताले हेर्न सक्नेछन् । |
|||||||||||||||||||||||||||
दुर्भाग्यवश, इन्टरनेटको माध्यमबाट जानकारीको प्रसारण पूर्ण रूपमा सुरक्षित हुँदैन । हामीले तपाईंको व्यक्तिगत जानकारीलाई सुरक्षित राख्न सक्दो प्रयास गर्ने भएतापनि अनधिकृत तेस्रो पक्षहरूले हाम्रो सुरक्षा उपायहरूलाई पार गरेर उल्लंघन गर्ने छैनन् वा अनुचित प्रयोजनहरूका लागि गैर-सार्वजनिक व्यक्तिगत जानकारीलाई प्रयोग गर्दैनन् भनेर हामी हाम्रो वेबसाइटरमा पठाइएको तपाईंको व्यक्तिगत जानकारीको सुरक्षाको ग्यारेन्टी दिन सक्दैनौं । व्यक्तिगत जानकारीको कुनै पनि प्रसारण तपाईंको आफ्नै जोखिममा हुन्छ । हामी वेबसाइटमा रहेको कुनै पनि गोपनीयता सेटिङ वा सुरक्षा उपायहरूबाट बच्दै गरिने उल्लंघनका लागि जिम्मेवार हुने छैनौं । पहिचानको चोरीबाट आफूलाई कसरी सुरक्षित राख्ने भनेर मद्दत गर्ने बारेमा जानकारीका लागि कृपया सङ्घीय व्यापार आयोगको वेबसाइट हेर्नुहोस् । |
|||||||||||||||||||||||||||
तेस्रो पक्षका वेबसाइटहरू तथा विज्ञापन |
|||||||||||||||||||||||||||
यो गोपनीयता सूचना BibleProject द्वारा सङ्कलित जानकारीमा मात्र लागू हुन्छ । हामीले हाम्रो वेबसाइटबाट तेस्रो पक्ष वेबसाइटहरूलाई हाम्रा प्रयोगकर्ताहरूको सेवाको रूपमा लिङ्कहरू उपलब्ध गराउन सक्छौं तर हामीसँग तेस्रो पक्षका वेबसाइटहरूको गोपनीयता तथा डेटा सङ्कलन, प्रयोग र खुलासा अभ्यासहरूमाथि नियन्त्रण गर्ने क्षमता हुँदैन र हामी त्यसका लागि जिम्मेवार हुँदैनौं । तपाईंले तपाईंलाई बाह्य वेबसाइटहरूमा लैजाने लिङ्कहरूमा क्लिक गर्दा र तपाईं तिनीहरूको गोपनीयता सूचना तथा अभ्यासहरूको अधीनमा हुनुहुनेछ, हाम्रोमा होइन । त्यस्ता वेबसाइटहरूलाई कुनै पनि जानकारी उपलब्ध गराउनुअघि हामी तपाईंलाई तिनीहरूको गोपनीयता सूचनाहरूलाई समीक्षा गर्न र बुझ्न प्रोत्साहित गर्दछौं । |
|||||||||||||||||||||||||||
प्रयोगका शर्तहरू |
|||||||||||||||||||||||||||
यस वेबसाइटका प्रयोगका शर्तहरूले गोपनीयता सूचनामा उल्लेख नगरिएका सबै मामिलाहरूलाई नियमन गर्दछ । हामी तपाईंलाई आफूलाई प्रयोगका शर्तहरूसँग परिचित गराउन प्रोत्साहित गर्छौं । |
|||||||||||||||||||||||||||
हाम्रो गोपनीयता नीतिमा परिवर्तनहरू |
|||||||||||||||||||||||||||
हामीले यस गोपनीयता सूचनाकाे शुद्धतालाई सुनिश्चित गर्नका लागि यसलाई समय-समयमा परिवर्तन गर्न सक्छौं । यदि हामीले परिवर्तनहरू गरेमा संशोधित सूचनालाई यस पृष्ठमा पोस्ट गरिनेछ । यस गोपनीयता सूचनामा परिवर्तनहरूलाई पोस्ट गरिसकेपछि तपाईंले हाम्रो वेबसाइट वा अन्य सेवाहरूलाई प्रयोग गर्न निरन्तरता दिँदा त्यसको अर्थ तपाईंले यी परिवर्तनहरूलाई स्वीकार गर्नुहुन्छ भन्ने हुन्छ । केही मामिलाहरूमा, तपाईंले सङ्कलनको समयमा उल्लेख गरेकोभन्दा भिन्न तरिकामा आफ्नो जानकारीमा हाम्रो प्रयोगका बारेमा तपाईंलाई छनौटहरू प्रदान गर्नका लागि तपाईंले हामीलाई उपलब्ध गराएको सम्पर्क जानकारी प्रयोग गरेर हामीले तपाईंलाई सम्पर्क गर्ने प्रयास गर्न सक्नेछौं । कृपया सूचनाको हालको कार्यक्षेत्र निर्धारण गर्नका लागि, विशेष गरी तपाईंले हामीलाई व्यक्तिगत जानकारी उपलब्ध गराउनुअघि, बारम्बार जाँच गरिरहनुहोस् । |
|||||||||||||||||||||||||||
अनधिकृत प्रयोग |
|||||||||||||||||||||||||||
यदि बालबालिकाहरूको जानकारी लगायत BibleProject मा कुनै पनि अनधिकृत जानकारी बुझाइएका बारेमा तपाईंले थाहा पाएमा कृपया तल सूचीकृत सम्पर्क जानकारीमा हामीलाई सम्पर्क गरेर हामीलाई सूचित गर्नुहोस् ताकि हामी यसलाई मेटाउन सकौँ । |
|||||||||||||||||||||||||||
सम्पर्क जानकारी |
|||||||||||||||||||||||||||
आफ्नो व्यक्तिगत जानकारीको सम्बन्धमा आफ्नो कुनै पनि अधिकार प्रयोग गर्न, तपाईंको व्यक्तिगत जानकारीको हाम्रो सङ्कलन तथा प्रयोगका बारेमा प्रश्नहरू सोध्न वा यस गोपनीयता सूचना र हाम्रा गोपनीयता अभ्यासहरूका बारेमा टिप्पणी गर्नका लागि, हामीलाई यहाँ सम्पर्क गर्नुहोस्: |
|||||||||||||||||||||||||||
टोल फ्रि: (855) 700-9109 |
|||||||||||||||||||||||||||
ईमेल: webmaster@bibleproject.com |